रुससँग उत्तर कोरियाको सम्बन्ध विकास गर्नु उच्च प्राथमिकताः किम जोङ उन
काठमाडौँ - प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका शीर्ष नेता किम जोङ उनले रुससँग उत्तर कोरियाको सम्बन्ध विकास गर्नु आफ्नो लागि उच्च प्राथमिकताको विषय भएको बताएका छन् ।
बुधवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले रुस र उत्तर कोरियाको मित्रता गहिरो रहेको भन्दै रुससँगको सम्बन्ध आफ्नो देशका लागि उच्च प्राथमिकतामा रहेको बताए । उनले रुसको सुदूरपूर्वको अमुर क्षेत्रस्थित भोस्टोचनी स्पेसपोर्टमा रुसी राष्ट्रपति पुटिनसँग भेट गरेका थिए । रुसी राष्ट्रपतिलाई आफूलाई भ्रमण गर्न निमन्त्रणा गरेकोमा धन्यवाद दिँदै भ्रमण महत्वपूर्ण समयमा भएको बताए । उनले दिव्पक्षीय वार्ताले सम्बन्धलाई नयाँ उचाईमा पु¥याउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया