बाढी प्रभावित लिबियामा सहयोग पठाउन ईयूको आग्रह
ब्रसेल्स- युरोपेली सङ्घले जर्मनी, रोमानिया र फिनल्याण्डको सहयोग लिबिया पठाइएको जनाएको छ ।
लिबियामा आएको बाढीका कारण कम्तीमा दुई हजार ३०० जनाको मृत्यु हुनुका साथै हजारौँ बेपत्ता भएका छन् । बाँचेकाहलाई पनि खाना र आश्रयस्थलको आवश्यकता रहेको छ ।
युरोपेली आयोगले यो सहायता विनाशकारी सहर डेर्नासम्म पुग्ने क्रममा रहेको र सहायता जुटाउन आफ्नो नागरिक सुरक्षा संयन्त्रलाई औपचारिक रूपमा सक्रिय बनाएको जनाएको छ ।
लिबियाका अधिकारीहरूले मङ्गलबार औपचारिक रूपमा सहयोगका लागि अनुरोध गरेपछि यो कदम चालिएको हो ।
इयूका तीन सदस्य राष्ट्रबाट प्राप्त हुने सहायतामा ‘टेन्ट, फिल्ड बेड र कम्बल, ८० वटा जेनेरेटर, खाद्य सामग्रीका साथै अस्पतालका टेन्ट र पानीट्याङ्की’ रहेका छन् ।
इयूको सङ्कट व्यवस्थापन आयोग जेनेज लेनार्किकका अनुसार इयूले आपतकालीन कोषका लागि प्रारम्भिक पाँच लाख युरो (पाँच लाख ३५ हजार अमेरिकी डलर) निकासा गरेको छ ।
उहाँले भन्नुभयो, “यो कठिन समयबाट गुज्रिरहेका लिबियाका सबैभन्दा बढी प्रभावित व्यक्तिहरूका लागि ईयूले सहायता बढाउन तयार छ ।” (सिन्ह्वा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया