अमेरिकी कार निर्माता कम्पनीका १० हजार कर्मचारी हड्तालमा
काठमाडौँ- अमेरिकामा कार निर्माण गर्ने ठूला कम्पनीहरुमा कार्यरत १० हजार भन्दा बढी कामदारले हड्ताल सुरु गरेका छन् ।
कार निर्माता जेनरल मोटर्स, फोर्ड र स्टेलान्टिस कम्पनीमा कामदारले हड्ताल सुरु गरेको बीबीसीले जनाएको छ ।
ती कम्पनीमा काम गर्ने कामदारको सम्झौतापत्रको समय बिहीबार राति टुंगिएपछि उनीहरु हड्तालमा उत्रिएका हुन् ।
युनाइटेड अटोवर्कर्स युनियनले जनाएअनुसार ती कम्पनीले उपयुक्त प्रस्ताव पेश नगरेको दावी गरेको छ ।
यस हड्तालका कारण कार खरिदकर्तालाई उच्च मूल्य तिर्नुपर्ने तथा कम्पनीको उत्पादनमा अवरोध उत्पन्न हुने अपेक्षा गरिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया