घरपालुवा सर्पलाई समुन्द्रमा ‘सर्फिङ’ गराएपछि मालिकलाई जरिवाना
काठमाडौँ- घरपालुवा सर्पलाई समुन्द्रमा ‘सर्फिङ’ गराएको भन्दै अस्ट्रेलियामा एक जनालाई जरिवाना गरिएको छ ।
अस्ट्रेलियाको गोल्ड कोस्ट समुन्द्र तटमा शिवा नामक घरपालुवा सर्पलाई सर्फिङ गराएपछि सर्पका मालिक हिगोर फिउजालाई २ हजार ३ सय २२ डलर जरिवाना गरिएको अस्ट्रेलियाको एबीसी न्यूजले जनाएको छ ।
सर्प पाल्नका लागि दिइएको शर्त पूरा नगरेको भन्दै क्विन्सल्यान्ड डिपार्टमेन्ट अफ इनभ्यारोमेन्ट एन्ड साइन्सले हिगोरलाई जरिवाना तिराएको हो ।
हिगोर र शिव नामक सर्पले सर्फिङ गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपनि उक्त घटनाको छानविन सुरु भएको थियो ।
हिगोरका अनुसार ३ वर्षीय शिवले कम्तिमा १० पटक सर्फिङ गरिसकेको छ । तर अनुमति नलिएर सर्फिङ गराएको भन्दै हिगोरलाई जरिवाना गरिएको जनाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया