विश्व

भारतको काउन्टर :  क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला

इकागज |
असोज २, २०८० मंगलबार १२:५६ बजे

काठमाडौँ- भारतले पनि क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई देश निकाला गरेको छ । क्यानेडाली शिख नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणलाई भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (आरएडब्ल्यू–रअ)का अधिकारी पवनकुमार राईलाई निष्कासन गरेपछि भारतले पनि देश निकाला गरेको हो ।

 वरिष्ठ कूटनीतिज्ञलाई पाँच दिनको समय दिएर देश निकाला गरेको हो ।


‘भारतले क्यानडाली कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाका उच्चायुक्तलाई आज बोलाएर भारत सरकारको यो निर्णयबारे जानकारी गराइएको छ' विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले जारी विज्ञप्तिमा भनिएको छ ।

'हामीले क्यानडाका प्रधानमन्त्रीले संसद्‌मा राखेको भनाइ र त्यहाँका विदेशमन्त्रीको वक्तव्य हेरेका छौँ र अस्वीकार गरेका छौँ । क्यानडामा हुने कुनै पनि हिंसामा भारत सरकारको संलग्नताको आरोप तथ्यहीन र प्रेरित छ' भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ 'क्यानडाका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीलाई पनि यस्तै आरोप लगाएका थिए र त्यसलाई पूर्ण रूपमा अस्वीकार गरिएको थियो ।'

र यो पनि


Author

थप समाचार
x