विवादले उग्र रूप लिइरहेको बेला क्यानडाले भारतका लागि जारी गरेको नयाँ ट्राभल एड्भाइजरीमा के छ ?
काठमाडौँ- भारत र क्यानडामा विवाद चरमउत्कर्षमा पुगेको बेला क्यानडाले भारतका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ । सुरक्षाको कारण देखाउँदै भारतको केही क्षेत्रमा नजान आग्रह गरेको छ ।
क्यानडाले भारतको जम्मू–कश्मीरको यात्रा नगर्न आग्रह गरेको छ । ‘जम्मू कश्मीरमा आतङ्कवाद, अतिवाद, अशान्ति र अपहरणको खतरा छ' जारी गरिएको यो एड्भाइजरीमा भनिएको छ ।
त्यस्तै क्यानडाले आफ्ना नागरिकलाई पाकिस्तानसँग सीमा जोडिएको गुजरात, पन्जाब र राजस्थानका क्षेत्रमा नजान पनि आग्रह गरेको छ ।
क्यानडामा खालिस्तान टाइगर फोर्सका प्रमुख हरदीप सिंह निज्जरको गोली हानी भारतले हत्या गरेको क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आरोप लगाएपछि विवादले उग्र रूप लिएको थियो ।
हत्या प्रकरणलाई भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (आरएडब्ल्यू–रअ)का अधिकारी पवनकुमार राईलाई क्यानडाले देश निष्कासन गरेको थियो । लगत्तै भारतले पनि क्यानडाका वरिष्ठ कूटनीतिज्ञलाई पाद्ब दिनको समय दिएर देश निकाला गरेको थियो ।
क्यानडाले भारतका लागि जारी गरेको नयाँ ट्राभल एड्भाइजरी हेर्न यहाँ क्लिक गर्नुहोस्
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया