मानवताले जलवायुमा नरकको ढोका खोलेको छः गुटेरेस
फाइल फोटो
काठमाडौँ - संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले मानवताले जलावायुमा नरकको ढोका खोलेको बताएका छन् ।
महासभाको उच्चस्तरीय सप्ताहमा आयोजित जलवायु महत्वाकांक्षा शिखर सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले मानवताले नरकको ढोका खोलिदिएको र भयावह गर्मीले त्यसको प्रभाव बढाइरहेको बताए ।
बाढीले बाली बगाउँदा किसानहरु विचलित भएको, बढ्दो तापक्रमले रोग फैलिरहेको, डढेका कारण हजारौँ मानिस र धनको क्षति हुनु पनि जलवायु परिवर्तनको असर रहेको बताए । यसमा केही पनि न्युनिकरण नगरे संसार २.८ डिग्रि तापक्रमतर्फ जाने खतरा रहेको चेतावनी दिए ।
उनले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्रिमा सिमित गर्न आह्वान गरे ।
उनले सबै पक्षले यसमा गम्भीर भएर सोच्नुपर्ने बताए । उनले विकसित देशले विकासशील देशलाई सय बिलियन अमेरिकी डलर दिने प्रतिवद्धता पूरा गर्नुपर्ने बताए ।
शक्ति देशले दिएको अस्पष्ट वाचाले जनतालाई धोका दिने काम भइरहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया