महिलाको छातीमा अटोग्राफ दिए पछि डोनाल्ड ट्रम्प विवादमा
फाइल फोटो
न्युयोर्क - अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दिनहुँ कुनै न कुनै कारणले विवादमा घेरिँदै गएका छन् ।
उनले फेरि हालै विवाद निम्त्याउने एक काम गरेका छन, जसको मानिसहरूले खुबै आलोचना गरेका छन् । वास्तवमा ट्रम्प अमेरिकाको आयोवामा आफ्नो चुनावी प्रचार गरिरहेका थिए, त्यही क्रममा अचानक उनी एउटा रेष्टुरेण्टमा पुगेका थिए ।
रेष्टुरेण्टमा एक महिला वेट्रेसले ट्रम्पलाई अटोग्राफ दिन आग्रह गरे, ट्रम्पले पनि त्यसै गरे र अटोग्राफ दिए तर उनले महिलाको छातीमा अटोग्राफ दिएका थिए। यद्यपि महिला स्वयंले उनलाई त्यसो गर्न भनेकी थिइन् ।अहिले ट्रम्पको यो व्यवहारको आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा यसको चर्को प्रतिक्रिया आएको छ ।
ट्रम्पले महिलाको छातीमा अटोग्राफ दिएको यो पहिलो पटक भने होइन, यसअघि पनि २०१५ मा चुनावी प्रचारका क्रममा उनले महिलाको छातीमा अटोग्राफ दिएका थिए ।डोनाल्ड ट्रम्प अमेरिकाको आगामी चुनावको लागि निरन्तर प्रचारप्रसार गरिरहेका छन् र देशको कुना कुनामा पुगेर चुनावी प्रचार गरिरहेका छन्।
अमेरिकाको क्विनिपियाक युनिभर्सिटीले गरेको सर्वेक्षण अनुसार ४६ प्रतिशत अमेरिकीहरु ट्रम्पलाई राष्ट्रपति बनेको हेर्न चाहन्छन् । यससँगै सर्वेक्षणको एउटा प्रश्नमा देशलाई राष्ट्रिय संकटबाट निकाल्न कसले राम्रो काम गर्छ ? भनेर सोधिएको थियो, जसमा ५१ प्रतिशत मतदाताले ट्रम्पलाई समर्थन गरेका थिए जबकि ४४ प्रतिशतले बाइडेनलाई समर्थन गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया