विश्व

मणिपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई विद्यार्थीका शवको तस्बिर भाइरल

इकागज |
असोज ९, २०८० मंगलबार ११:२ बजे

मणिपुर- हिंसा प्रभावित देशको उत्तरपूर्वी भारतको मणिपुरमा इन्टरनेट सेवा पुनःस्थापना गरिएको छ । 

त्यसपछि जुलाईमा महिनामा बेपत्ता भएका दुई विद्यार्थीको शवको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो । प्रदेश सरकारले यस विषयमा तत्काल र निर्णायक कदम चाल्ने आश्वासन दिएको छ ।


मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा अनुसार उक्त घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई जिम्मा दिइसकेको बताइएको छ । यसरी मृत्यु हुनेमा १७ वर्षीय हिजाम लिन्थोइङ्गाम्बी र २० वर्षीय फिजाम हेमजित नामका दुई विद्यार्थी रहेका छन् । 

मुख्यमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ- “जुलाई २०२३ देखि बेपत्ता भएका दुई विद्यार्थी फिजाम हेमजीत (२० वर्ष) र हिजाम लिन्थोइङ्गाम्बी (१७ वर्ष) को तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएकोमा राज्य सरकारको ध्यानाकर्षण भएको छ ।’ 

स्मरण रहोस् राज्यका जनताको इच्छा अनुसार यो मुद्दा पहिले नै सीबीआईलाई हस्तान्तरण गरि सकिएको छ। मणिपुर प्रहरीले केन्द्रीय एजेन्सीहरूसँग काम गरिरहेको छ।

विज्ञप्तिमा थप भनिएको छ- ‘मणिपुर पुलिसले केन्द्रीय अनुसन्धान एजेन्सीहरूसँगको सहकार्यमा दुई विद्यार्थी बेपत्ता र हत्यामा संलग्न अपराधीहरूको पहिचान गर्न सक्रिय रूपमा अनुसन्धान गरिरहेको छ। यसका साथै सुरक्षाकर्मीले अपराधीलाई पक्रन खोजी अभियान पनि थालेका छन् ।


Author

थप समाचार
x