विश्व

जेलमा रहेकी इरानी महिला अधिकारकर्मी नर्गेसलाई नोबेल शान्ति पुरस्कार

इकागज |
असोज १९, २०८० शुक्रबार १६:१५ बजे

नर्वे - इरानमा महिलामाथिको दमनविरुद्ध लड्दै आएकी महिला अधिकारकर्मी नर्गेस मोहम्मादीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ ।  नर्वेली नोबेल कमिटीका अध्यक्ष बेरिट रेइस–एन्डर्सनले शुक्रबार उक्त पुरस्कारको घोषणा गरेका हुन् ।  नर्गेस इरानको जेलमा छिन्  । पुरस्कारको रकम एक करोड १० लाख स्विडिस क्रोनर (करिब १० लाख अमेरिकी डलर) रहेको छ । डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा उनलाई १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्रदान गरिने छ ।

पुरस्कार  डिसेम्बरमा प्रदान गरिनेछ । नोबेल पुरस्कार कमिटीले सो समारोहमा उपस्थितिका लागि उनलाई इरान सरकारले जेलबाट रिहा गर्ने अपेक्षा रहेको बताएको छ । उनले ८ वर्षदेखि आफ्ना छोराछोरीसँग पनि कुरा गर्न नपाएको जनाइएको छ । 



Author

थप समाचार
x