हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएको दाबी
गाँजा- मध्यपूर्वमा इजरायल र प्यालेस्टाइन बीचको स्थिति फेरि बिग्रिएको छ ।
हमास आतंककारीहरूले शनिबार बिहान गाँजा पट्टीमा आक्रमण गरेका छन् । सर्वप्रथम इजरायलमा हजारौं रकेट प्रहार गरे अनि त्यसपछि लगातार जमिनबाट हमला गर्दै इजरायल प्रवेश गरेका छन् । साे क्रममा द स्पेक्टेटर इन्डेक्स नामक मिडिया प्लेटफर्मले हमासको आक्रमणमा कम्तीमा २२ इजरायली मारिएको दाबी गरेको छ ।
केही आतंककारीहरू सडकबाट इजरायलमा प्रवेश गरे र उनीहरूले देखेका सबैलाई गोली हानेका छन् । हमासका लडाकुहरू प्याराग्लाइडर प्रयोग गरेर सीमामा प्रवेश गरेकाे भिडियाे बाहिर आएकाे छ । भिडियाेमा गाँजा सहरमा भागदाैड देखिएकाे छ भने प्यालेस्टाइनी प्रहरीकाे बख्तरबन्द र केही गाडीसमेत लुटेर उनीहरू प्यालेस्टाइनतर्फ फर्केका भिडियाेहरू सार्वजनिक भएका छन् । हजाराैं इजरायलीहरू गाँजाकाे क्षेत्रबाट भागाभाग भएकाे तथा हमासका हजाराैं लडाकुहरू प्यालेस्टाइनबाट इजरायली भूमि छिर्दै गरेकाे दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएकाे छ ।
अचानक भएको यो ठूलो हमलापछि इजरायलमा रेड अलर्ट जारी गरिएको थियो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले तत्कालै आपतकालीन बैठक बोलाएर देशमा युद्धको घोषणा गरेका छन् । भीडन्त अहिले पनि जारी छ ।
मिडिया रिपोर्टका अनुसार प्यालेस्टाइनको आतंकवादी संगठन हमासले इजरायलमा ५ हजारभन्दा बढी रकेट प्रहार गरेको जनाइएको छ, यसको विस्तृत विवरण आउन बाँकी छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया