विश्व

इजरायल युद्धमा ९ जना नेपाली घाइते

इकागज |
असोज २०, २०८० शनिबार १९:२६ बजे

काठमाडौँ- प्यालेस्टाइन लडाकू समूह हमासको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन् । घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अविवस्थित नेपाली दूतावासले जानकारी दिएको छ । 

घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ । दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन् । 


भारतीय समाचार एजेन्सी एनआईले १७ जनालाई बन्धक बनाएको उल्लेख गरेको छ । उसले सामाजिक सञ्जालमार्फत् हमासले १७ जनालाई बन्धन बनाएको जानकारी दिएको हो । 

शनिबार विहानदेखि हमासले रकेट आक्रमण गर्दा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते रहेको बीबीसीले जनाएको छ । बीबीसी


Author

थप समाचार
x