पुटिन सहभागी हुने शिखर सम्मेलनमा अर्मेनियाली नेता पाशिन्यान नजाने
बिर्गीजस्तान - रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भाग लिन लागेको शिखर सम्मेलनमा अर्मेनियाली नेता निकोल पाशिन्यान अनुपस्थित हुने आयोजक किर्गिजस्तानले मङ्गलबार जनाएको छ ।
मस्कोको नेतृत्वमा रहेको क्षेत्रीय समूहको बैठकलाई पाशिन्यानले बेवास्ता गर्नु येरेभान र मस्कोबीचको सम्बन्धमा थप धक्का हो । हालैका हप्ताहरू येरेभान र मस्कोबीचमा तिक्तता आएको छ ।
गत मार्चमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले पक्राउ पुर्जी जारी गरेपछि कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स (सीआईएस) नेताहरूको परिषद्को बैठकमा सहभागी हुन पुटिन पहिलो पटक बिहीबार बिस्केक जान लागेका हुन् ।
पाशिन्यानले किर्गिस्तानका राष्ट्रपति सादिर जापारोभलाई फोन गरेर आफू नआउने बताएका छन् ।
जसपारोभको कार्यालयले भनेको छ, “आर्मेनियाको प्रधानमन्त्रीले विभिन्न परिस्थितिका कारण कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स (सीआईएस) नेताहरूको परिषद्को बैठकमा भाग लिन नसक्ने घोषणा गर्नुभएको छ ।”
अजरबैजानले आर्मेनियाको बाहुल्यता रहेको नागोर्नो–काराबाख क्षेत्रको नियन्त्रण पुनः प्राप्त गर्न व्यापक अभियान सुरु गर्दा रूसले हस्तक्षेप गर्न नचाहेको कारण पाशिन्यानले काराबाख संकटमा मस्कोको भूमिकाको आलोचना गरेका छन् ।
अजरबैजानले अर्मेनियाली जनताको पुख्र्यौली घर मानिएको पर्वतीय क्षेत्रलाई सेप्टेम्बरमा आफ्नो नियन्त्रणमा लिएको थियो, एक दिवसीय आक्रमणपछि जातीय अर्मेनियाली जनसङ्ख्याको सामूहिक पलायन शुरू भएको थियो ।
आर्मेनियाली सांसदहरू आइसिसीमा सामेल हुन थालेपछि पाशिन्यानले यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग गत हप्ता युरोपेली शिखर सम्मेलनमा भेट गरेका थिए ।
हेगस्थित अदालतले युक्रेनी बालबालिकालाई रूसमा निर्वासित गरेको आरोपमा पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया