विश्व

इजरायलमा रहेका ३५० बढी नेपालीले स्वदेश फर्कन अनलाइन दर्ता गरे

हराइरहेका एक विद्यार्थी अझै फेला परेनन

इकागज |
असोज २३, २०८० मंगलबार २२:१९ बजे

फाइल

काठमाडौँ- इजरायलबाट नेपाल फर्कन तीन सय ५० बढीले अनलाइन रजिष्ट्रेसन गरिसकेका छन् । इजरायलस्थित नेपाली दूतावासका अनुसार नेपाली दूतावासबाट स्वदेश फिर्ती अभियानका लागि जारी गरेको अनलाइन रजिष्ट्रेशनमा तीन सय ५० भन्दा बढीले दर्ता गरिसकेका छन् । नेपाली नागरिकलाई स्वदेश फर्काउननका लागि प्रक्रिया अगाडि बढाइसकिएको छ ।

इजरायल-गाजाको सीमावर्ती क्षेत्रको कृषि फर्ममा रहेका ५५ विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको दूतावासले बताएको छ । इजरायलको उत्तरी सीमाना रहेका र उद्धारको पर्खाइमा रहेका ७२ जना नेपालीलाई दूतावासले अझ सुरक्षित ठाउँमा सारेको छ ।


हमास समूहको आक्रमणबाट घाइते भएका चार नेपालीहरुको स्वास्थ्य अवस्था सामान्य हुँदै गइरहेको दूतावासले उल्लेख गरेको छ ।

हराइरहेका एक जना नेपाली विद्यार्थीको खोजी कार्य भइरहेको दूतावासले प्रस्ट पारेको छ । अस्पताल लगायत अन्य स्थानमा खोजी भइरहेको र प्रहरीले खोजी गरिरहेको छ । स्थानीय तथा कूटनीति निकायको संयन्त्रलाई अझ तीव्र पारिएको छ ।

इजरायमा रहेका सम्पूर्ण नेपालीलाई संयम हुन पनि दूतावासले आग्रह गरेको छ । दूतावाससँग निरन्तर समन्वय गर्न र सहकार्य तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

हमास समूहको आक्रमणमा परी दश जना नेपालीको मृत्यु भइसकेको छ । केही दिन अघि हमास समूहले इजरायलया आक्रमण गर्दा उनीहरूको मृत्यु भएको थियो ।


Author

थप समाचार
x