विश्व

हमास-इजरायल युद्दमा चार रुसी नागरिकको ज्यान गएको पुष्टी

इकागज |
असोज २४, २०८० बुधबार ७:५२ बजे

मस्को- प्यालेस्टाइनी अतिबादी समूह हमास र इजरायलका बीचमा युद्धले तीव्रता पाएको छ ।

सो जारी युद्धमा परी झन्डै दुई हजार बढीले ज्यान गुमाएको विभिन्न सञ्चार माध्यमले जनाइरहेको बेला उक्त युद्धमा मारिने विदेशीकाे संख्या पनि क्रमशः बढ्दै गएको देखिएको छ । 


यसैबीच, हमासको आक्रमणमा ४ रुसी नागरिकको मृत्यु भएको छ । 

इजरायलमा हमासले गरेको आक्रमणमा चार रुसी नागरिकको मृत्यु भएको रसियाली सरकारी सञ्चार माध्यम तासले मंगलबार तेल अवीवस्थित रुसी दूतावासलाई उद्धृत गर्दै सो जानकारी दिएको हो । 

साथै, रुसी विदेश मन्त्री सर्गेई लाभरोभ र इरानी विदेश मन्त्री होसेन अमिर अब्दुल्लाहियानले मंगलबार फोनमा ‘वर्तमान मध्य पूर्व एजेन्डाबारे विचार आदान प्रदानसमेत गरेका छन्,’ रुसी विदेश मन्त्रालयले भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सशस्त्र द्वन्द्वको चाँडो अन्त्यको महत्त्व र प्रख्यात अन्तर्राष्ट्रिय कानुनी आधारमा स्थितिको समाधानको महत्त्वमा जोड दिइएको छ ।’ 


Author

थप समाचार
x