अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प
काबुल- अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । सो भूकम्पले ठूलो क्षति पुर्याएको हुन सक्ने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बुधबार अर्थात ११ अक्टोबरको बिहानै अफगानिस्तानको उत्तरपश्चिमी क्षेत्रमा धेरै भूकम्पको धक्का महसुस गरिएको हाे ।
आज महसुस गरिएको भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो । अमेरिकी एजेन्सीका अनुसार भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड थियो र यो हेरात प्रान्तको राजधानीबाट करिब २८ किलोमिटरको दूरीमा आएको थियो । यसबाट भएको क्षतिको विस्तृत विवरण भने अझै आइसकेको छैन ।
अफगानिस्तानमा गत साता अर्थात ७ अक्टोबर शनिबारका दिन गएको भूकम्पले अहिलेसम्म ३ हजारभन्दा बढीको ज्यान लिइसकेको छ । सैन्य हस्तान्तरण मार्फत अफगानिस्तानमा शासन गर्ने सरकारले भूकम्पमा परी मृत्यु हुनेको संख्या पुष्टि गरेको छ ।
तालिबानले त्यहाँ आएको यो भूकम्प दुई दशकयताकै सबैभन्दा ठूलो भूकम्प भएको बताएको छ । सो भूकम्पमा भएको क्षतिको विवरण संकलन तथा उद्धारको कार्य जारी रहेको बेला पुनः अर्को भूकम्प गएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया