लण्डनको ल्यूटन विमानस्थल परिसरमा आगलागीका कारण उडान स्थगित
संयुक्त अधिराज्य - लण्डनको ल्यूटन विमानस्थलको कार पार्किङ स्थलमा बुधबार आगलागी भएको छ ।
विमानस्थलको टर्मिनल २ मा रहेको कार पार्किङको तेस्रो तल्लाबाट आगोको ज्वाला बाहिर निस्केको घटनास्थलमा रहेका एएफपीका एक फोटोग्राफरले बताएका छन् ।
विमानस्थलको नवनिर्मित कार पार्कमा स्थानीय समयअनुसार राति ८ः४७ बजे आगलागी भएको थियो ।
लण्डनको ल्यूटन विमानस्थलले बुधबार दिउँसोसम्मका लागि सबै उडान स्थगन गरेको छ भने यात्रुलाई त्यहाँ यात्रा नगर्न आग्रह गरेको छ ।
“हाम्रो प्राथमिकता आपतकालीन सेवाहरू र हाम्रा यात्रुहरू र कर्मचारीहरूको सुरक्षालाई समर्थन गर्दछ । त्यसैले हामीले ११ अक्टोबर बुधबार अपराह्न ३ बजेसम्मका लागि सबै उडान स्थगन गर्ने निर्णय गरेका छौं,” विमानस्थलले बुधबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
“यात्रुहरूलाई यो समयमा विमानस्थलमा प्रवेश नगर्न सल्लाह दिइएको छ, किनकि उद्धारका क्रममा विमानस्थल पुग्ने पहुँचमा अवरोध आएको छ,” विज्ञप्तिमा भनिएको छ ।
स्थानीय एम्बुलेन्स सेवाका अनुसार चार अग्निनियन्त्रक र विमानस्थलका एक कर्मचारीसहित पाँच जनालाई अस्पतालमा भर्ना गरिएको छ । घाइते भएका अर्का एक जनाको घटनास्थलमै उपचार गरिएको छ ।
रोमानियाकी मारिलेना लिगिया स्टेनले भने, “यो भयानक थियो । आगलागी भएका समय भएको स्थानमा मकै पड्किएजस्तै आवाज सुनिएको थियो ।”
(((
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया