रेडक्रसले भन्यो - गाजाका अस्पतालहरू मुर्दाघरमा परिणत हुने जोखिममा छन्
काठमाडौँ - गाजाका अस्पतालहरू बिजुली नहुँदा शवगृहमा परिणत हुने जोखिम रहेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) बताएको छ ।
गाजाको एक मात्र पावर प्लान्टमा बुधबारदेखि इन्धन सकिएको छ । र ब्याकअप जेनरेटरहरूले केही घण्टामा काम गर्न बन्द गर्न सक्छन् ।
इजरायलले गाजामा 'पूर्ण नाकाबन्दी' लगाएपछि र हवाई र तोपखानाले आक्रमण गरेपछि अस्पतालहरू समस्यामा छन् ।
हमासले शनिबार दक्षिणी इजरायलमा आक्रमण गरेको थियो।
इजरायलले शनिबारको आक्रमणमा हमासले अपहरण गरेर लगेका करिब १५० बन्धकहरूलाई रिहा नगरेसम्म गाजामा बिजुली लगायतका आधारभूत स्रोत र मानवीय सहायतालाई अनुमति नदिने बताएको छ ।
'गाजालमा बिजुली नहुँदा अस्पतालहरूमा बिजुली हुँदैन जसका कारण नवजात शिशुहरूलाई इनक्यूबेटरहरूमा र वृद्ध बिरामीहरूलाई अक्सिजनमा राख्न सकिदैन् । मृगौलाको डायलासिस रोकिन्छ, र एक्सरे गर्न सकिदैन्', त्यस क्षेत्रका लागि आईसीआरसीका निर्देशक फब्रिजियो कार्बोनीले भने।
'बिजुलीविना हस्पतालहरु शवगृहमा परिणत हुने देखिन्छ', उनले भने ।
गाजाका अस्पतालहरू बाहिर घाइतेहरूको लामो लाइन छ । उनीहरू इमर्जेन्सीका लागि कुरिरहेका छन् । अस्पतालमा अत्यावस्यक चिकित्सा उपकरणको अभाव भएको छ । रक्तदानका लागि अपिल गरिएको छ ।
केटाकेटीहरू र केही गम्भीर घाइतेहरू अस्पतालको बेडमा लडिरहेका छन् र उपचारको लागि पर्खिरहेका छन् । चिकित्सकहरुले गम्भीर किसिमका बिरामीहरूको मात्रै उपचार गरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया