जोर्डनका राजा र प्यालेस्टाइनी राष्ट्रपति अब्बासद्वारा परिस्थितिलाई थप बिग्रिन नदिन आग्रह
जोर्डनका राजा अब्दुल्लाह द्वितीय र प्यालेस्टाइनी राष्ट्रपति महमुद अब्बासले गाजा पट्टी र वेस्ट बैंकको अवस्थालाई शान्त बनाउन जोड दिएका छन् । उनीहरूले गाजामा बिग्रिँदै गएको मानवीय संकटको चेतावनी दिएका हुन् ।
बिहीबार जोर्डनको राजधानी अम्मानमा भएको भेटमा दुवै पक्षले गाजा स्ट्रिपमा स्वास्थ्य र राहत आपूर्ति र पानी आपूर्ति सुनिश्चित गर्न मानवीय करिडोरहरू तत्काल खोल्न आग्रह गरे । दुवै नेताहरूले मानवीय संकट, बढ्दो हिंसा र सम्पूर्ण क्षेत्रको लागि सम्भावित परिणामबारे चिन्ता व्यक्त गरे ।
स्थितिलाई थप बिग्रिन नदिन अरब राष्ट्रहरूबीच घनिष्ठ सम्बन्धको महत्वलाई जोड दिए । राजाले प्यालेसटाइनलाई आफूहरूले सहयोग गर्ने र गाजा पट्टीमा तत्काल मानवीय र चिकित्सा सहायता पुर्याउने वाचा गरे । यसअघि बिहीवार जोर्डनले गाजा पट्टीमा अत्यावश्यक चिकित्सा सामग्रीलगायत मानवीय सहायतासहितको विमान पठाएको थियो । सिन्ह्वा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया