इजरायलमाथि अझ ठूलो हमला गर्छौँ, आक्रमणको प्रतीक्षा गरेर बसे हुन्छ : हमास
गाजा- प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबीचको जारी युद्धका कारण लाखौं मानिस घरवारविहीन भएका छन् ।
गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले इजरायलमाथि आक्रामण गरेपछि उत्पन्न बिषम परिस्थीतिका कारण लाखौं मानिस घरबारविहीन भएका छन् ।
इजरायलले गाजा शहरका बिभिन्न भागमा आक्रामण जारी राखेको छ । इजरायलका अनुसार तत्काल सो आक्रामण रोकिने वाला छैन ।
यसैबीच हमासको सैन्य शाखाले गाजामा इजरायली जमिन आक्रमणसँग लड्न सक्षम रहेको बताएको छ ।
हमासको सैन्य शाखा कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले भनेका छन् 'हामी हाम्रो भुमी रक्षाका पक्षहरूमा छौं, हामी पुनः इजरायलमाथिको हमलालाई दोहोर्याउँछौं।'
‘शत्रुको कारबाहीले हामीलाई नयाँ विकल्पतर्फ लाग्न बाध्य तुल्याएको छ, जसले गर्दा शत्रुलाई अब ठूलो नोक्सान हुँदैछ अब शत्रुहरुले हाम्रो आक्रमणको प्रतिक्षा गरेर बसे हुन्छ,’ हमासको सैन्य बिग्रेडले भनेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया