विश्व

इजरायलबाट नेपाल फर्कन थप २ सय बढीकाे निवेदन, घाइते एकजनालाई डिस्चार्जको तयारी

इकागज |
असोज २६, २०८० शुक्रबार १२:५० बजे

फाइल तस्बिर

काठमाडौँ- इजरायलमा रहेका २ सय बढी नेपालीले स्वदेश फर्कन चाहेका छन् । इजरायलस्थित नेपाली दूतवासका अनुसार स्वदेश फर्कन अनलाइनबाट रजिष्ट्रेशन भइरहेको र २ सय भन्दा बढी नेपालीले स्वदेश फर्कन चाहेका छन् । स्वदेश फर्कन चाहने नेपालीहरूलाई सहजीकरणको प्रक्रिया सुरु भइसकेको छ । दूतावासबाट जारी गरिएको अनलाइन रजिष्ट्ररमा विवरण प्राप्‍त भइरहेको छ ।

हालसम्म २५४ जना नेपाली स्वदेश फर्कीसकेका छन् । उनीहरूलाई नेपाल एयरलाइन्सको जहाजबाट स्वदेश फर्काइएको पनि दूतावासले जनाएको छ ।


हमासको आक्रमणबाट घाइते भएका एक नेपालीलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भइरहेको दूतावासले उल्लेख गरेको छ । २ जनाको उपचार भइरहेको छ । अर्का घाइतेलाई नेपाल फर्काइसकेको दूतावासले बताएको छ ।

इजरायलमा हराइरहेका एक नेपाली विद्यार्थीलाई खोजी कार्य तीव्र रुपमा अगाडि बढाइएको सम्बन्धित निकायबाट खबर प्राप्त भएको छ । मृत्यु भएका १० जनाको शव स्वदेश पठाउनका लागि इजरायल सरकारले नियम अनुसार प्रक्रिया अगाडि बढाइरहेको छ ।

 


Author

थप समाचार
x