गाजाका डाक्टरले भने - हामी धेरै असहाय महसुस गरिहेका छौं
काठमडौँ - २८ वर्षीय डाक्टर मुहम्मद घुनेम गाजा पट्टीको सबैभन्दा ठूलो अस्पताल अलशिफा मेडिकल कम्प्लेक्समा एमर्जेन्सीका डाक्टर हुन् । अस्पतालका अन्य कर्मचारीहरू जस्तै बमबारी सुरु भएदेखि उनीपनि बाहिर निस्कन सकेका छैनन् ।
'सबै कर्मचारीहरु आफ्नो परिवार भेट्न घर जान चाहन्छन् तर उनीहरु जान सक्दैनन् किनकि उपचारका लागि मानिसहरु आइरहेका छन् । उनीहरु प्रत्येक एम्बुलेन्स चेक गर्छन कि कतै उनीहरुको आफन्त पो घाइते अवस्थामा छन कि', उनी भन्छन् ।
अस्पतालमा आउने करिब ६० प्रतिशत घाइते महिला, बालबालिका र वृद्धवृद्धा रहेको उनको भनाइ छ । 'अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव छ, इन्धन अभाव हुँदा जेनेरेटरहरूले आजबाट काम गर्न छाड्नेछन् ।'
उनी भन्छन्, 'शल्यक्रिया गर्न सकिएको छैन, बिरामीहरूको लागि अक्सिजन छैन। हामी धेरै असहाय महसुस गरिहरेका छौँ, जस्तो कि हामी केही गर्न सक्दैनौं।'
स्कटल्याण्डको एबरडीनमा मेडिसिन अध्ययन गरेर आफ्नो सम्पूर्ण जीवन गाजामा बिताएका डा घुनेमले आफू गाजा छाड्न नचाहेको बताउँछन् ।
हामीलाई गाजा छाड्न बाटो चाहिदैन, मानवीयता सहायता र मेडिकल सामग्रीका लागि बाटो चाहिएको छ ।
'म संसारका हरेक मानिसलाई आह्वान गर्दछु, सडकमा विरोध गर्नुस् र तपाइँको सरकारलाई यो आक्रमण रोक्न मद्दत गर्न आग्रह गर्नुस्,' उनले भने ।
बीबीसी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया