गाजामा विनाश (तस्विरहरु)
तस्विरः एएफपी
काठमाडौँ - इजरायलमाथि हमास समूहले आक्रमण गरेपछि इजरायलले गरेको जवाफी फायरमा गाजाका सर्वसाधारणले ठूलो क्षति व्यहोर्नुपरेको छ । त्यहाँका सम्पूर्ण घरहरुलगायत भौतिक संरचना ध्यस्त भएका छन्, भने २ हजार बढीले ज्यान गुमाएका छन् । आठ हजार बढी घाइते छन् ।
इजरायलले गाजाका आक्रमण गर्ने चेतावनीसहित गाजाका स्थानीयलाई गाजा छाड्न भनेको छ । निरन्तरको आक्रमणले गाजाको अवस्था दर्दनाक बनेको छ । अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएअनुसार इजरायलले गाजामा पानी, विजुलीलगायत अत्यावश्यक सामग्री बन्द गरिसकेको छ । मेडिकल सामग्रीको अभाव हुँदै जाँदा उपचारमासमेत समस्या भएको अन्तराष्ट्रिय रेडक्रसले जनाएको छ । हेरौँ गाजाका दर्दनाक तस्विरहरु
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया