‘स्थिति नियन्त्रणको सुनिश्चितता कसैले पनि गर्न नसक्ने’ इरानको चेतावनी
दोहा - इरानले गाजा पट्टीमा इजरायली भूमि आक्रमणले मध्यपूर्वका अन्य स्थानमा द्वन्द्व बढाउन सक्ने चेतावनी दिएको छ ।
इजरायली सेना सीमामा तैनाथ रहेका बेला इरानी विदेशमन्त्री होसेन आमिर अब्दुल्लाहियनर कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ ।
इरानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कसैले पनि स्थितिको नियन्त्रण र द्वन्द्वको विस्तार नगर्ने ग्यारेन्टी दिन सक्दैन ।” “युद्ध र संकटको दायरा विस्तार हुनबाट रोक्न चाहनेहरूले गाजामा प्यालेस्टिनी नागरिक र सर्वसाधारणविरुद्ध वर्तमान बर्बर आक्रमणहरू रोक्न आवश्यक छ,” उनले थपे ।
अमिर अब्दुलाहियानले अक्टोबर ७ मा हमासका लडाकुहरूले इजरायलमा गरेको आक्रमणमा एक हजार ३०० जनाको ज्यान जाने गरी भएको आक्रमणपछि अमेरिकाले इजरायललाई स्पष्ट समर्थन गर्दै आएको भन्दै आलोचना गरेका छन् ।
हमासका नेतालाई लक्षित गरी गरिएका इजरायली हवाई आक्रमणमा परी दुई हजार ३०० भन्दा बढीको मृत्यु भएको छ । दुवैतर्फ मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका छन् ।
वासिङ्टनमा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अमेरिकालाई इजरायलको लामो समयदेखिको शत्रु र हमासको समर्थक इरान ‘प्रत्यक्ष संलग्न’ हुने सम्भावना रहेकोले युद्ध बढ्ने डर रहेको बताएका छन् ।
इराक, लेबनान र सिरियाको क्षेत्रीय भ्रमणका क्रममा इरानका उच्च कूटनीतिज्ञ आइतबार कतार पुगेका थिए ।
इजरायलले लेबनानसँगको संयुक्त राष्ट्रसंघको गस्तीमा रहेको उत्तरी सीमामा सैनिक र ट्याङ्क तैनाथ गरेको छ भने इरान समर्थित लडाकू समूह हिजबुल्लाहसँगको घातक गोली हानाहानपछि चार किलोमिटर (२.५ माइल) चौडा क्षेत्र सर्वसाधारणका लागि बन्द गरेको छ ।
इजरायललाई समर्थन गर्ने पश्चिमा देशहरूले द्वन्द्वको क्षेत्रीय फैलावटविरुद्ध चेतावनी दिएका छन् ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इजरायलविरुद्ध शत्रुतापूर्ण गतिविधि रोक्न अमेरिकाले यस क्षेत्रमा दोस्रो विमानवाहक पोत तैनाथ गरेको बताएका छन् ।
हमासले गत साताको आक्रमणमा १०० भन्दा बढीलाई बन्धक बनाएको एजरायलले दावी गरेको छ ।
इरानी विदेश मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा अमिर अब्दुलाहियानले बेरुत र दोहामा हमासका उच्च अधिकारीसँग भेटवार्ता गरेको र उनीहरूले नागरिक बन्धकको मुद्दालाई प्राथमिकता दिएको र आवश्यक कदम चाल्ने बताएका छन् ।
तर ती के हुनेछन् भन्नेबारे थप विवरण दिइएको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया