विश्व

अमेरिकी अरब सहयोगीहरू इजरायलको द्वन्द्व फैलियोस् भन्ने चाहँदैनन् : ब्लिन्केन

इकागज |
असोज २९, २०८० सोमबार ७:४५ बजे

कायरो, इजिप्ट- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजा पट्टीमा हमाससँग इजरायलको द्वन्द्व रोक्न संयुक्त राज्य अमेरिकाका अरब सहयोगीहरू एकमत रहेको बताउनुभएको छ । 

इजिप्टबाट इजरायल प्रस्थान गर्नुअघि ब्लिन्केनले यस क्षेत्रका सात वटा देशको भ्रमणपछि पत्रकारसँग भन्नुभयो, “म गएको हरेक देशमा द्वन्द्व नफैलियोस् भन्ने दृष्टिकोण रहेको छ । मेरो भ्रमणको उद्देश्य त्यहाँका सरकारको राय के छ बुझ्नु थियो ।”


उहाँले भन्नुभयो, “कसैले पनि आगोमा इन्धन थप्ने कुनै पनि काम गर्नु हुँदैन । यी सबै सहयोगी देशहरूसँगको मेरो कुराकानीबाट यो स्पष्ट भएको छ । 

उनीहरूले यो दृष्टिकोणलाई दृढतापूर्वक साझा गर्छन् र उनीहरूले आफ्नै सम्बन्धहरू प्रयोग गरेर द्वन्द्व नहोस भन्ने सुनिश्चित गर्न प्रयास गरिरहेका छन् ।”

गत अक्टोबर ७ मा इजरायलको दक्षिणी भागमा प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि इजरायलले गाजापट्टीमा हमासको निशानामा आक्रमण गर्दै आएको छ ।

इजरायली हवाई आक्रमणमा गाजामा हमासका नेता, लडाकू र उनीहरूका लुकेका स्थानहरूलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा परी दुई हजार ४५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । (एएफपी)


Author

थप समाचार
x