मध्य प्रदेश चुनाव : भारतीय कंग्रेसले १९ महिला उम्मेदवारको पहिलो सूची सार्वजनिक
नयाँदिल्ली- आगामी नोभेम्बर १७ मा हुने मध्य प्रदेश विधानसभा चुनावका लागि भारतीय कंग्रेस पार्टीले १४४ उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।
प्रदेश अध्यक्ष कमलनाथले आफ्नो दलले १९ जना महिला उम्मेदवारलाई चुनावी मैदानमा उतारेको बताएका छन् ।
उनले भने, “हामी मध्य प्रदेशमा पूर्ण रूपमा तयार छौं । हामीले सार्वजनिक गरेको सूचीमा ६५ जना ५० वर्षभन्दा कम उमेरका उम्मेदवार र १९ जना महिला उम्मेदवार छन् । हामीले जे भनेका थियौं, त्यही गरेका छौं ।”
आगामी मध्य प्रदेश विधानसभा चुनावका लागि कंग्रेसले आइतबार १४४ उम्मेदवारको पहिलो सूची जारी गरेको छ, जसमा प्रदेश इकाई अध्यक्ष तथा पूर्व मुख्यमन्त्री कमलनाथलाई छिन्दवाडाबाट उम्मेदवार बनाइएको छ ।
यो सूचीमा मध्य प्रदेशका पूर्व मुख्यमन्त्री कमलनाथ, मध्यप्रदेशका पूर्व उच्च शिक्षा मन्त्री जितु पटवारी, जयवर्धन सिंह, मध्य प्रदेश विधान सभाका सदस्य विजयलक्ष्मी साधो र मध्य प्रदेश विधान सभाका सदस्य लक्ष्मण सिंहको नाम छ ।
सन् २०२१ को मार्चमा ज्योतिरादित्य सिन्धियाको नेतृत्वमा २२ जना कांग्रेस विधायकले राजीनामा दिएर भाजपामा प्रवेश गरेपछि कमलनाथ नेतृत्वमा रहेको सरकार ढलेको थियो ।
मध्य प्रदेशबाहेक छत्तीसगढमा ३० र तेलंगानामा ५५ सिटका लागि पनि पार्टीले उम्मेदवार घोषणा गरेको छ ।
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले राज्यका २३० विधानसभा निर्वाचन क्षेत्रमध्ये १३६ सिटका लागि उम्मेदवार घोषणा गरिसकेको छ । यो राज्यमा २३० विधानसभा निर्वाचन क्षेत्रबाट विधायकहरूको निर्वाचन हुनेछ । राज्यभर एक चरणमा हुने निर्वाचनको मतगणना डिसेम्बर ३ मा हुनेछ । (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया