गाजामाथि इजरायलको कब्जा ठूलो गल्ती हुनेछ : बाइडन
फाइल तस्बिर
वासिंगटन डिसी- अमेरिकी राष्ट्रपति जो बाइडनले गाजामा इजरायली कब्जा ‘ठूलो गल्ती’ हुने चेतावनी दिएका छन् ।
बेन्जामिन नेतान्याहूको सरकारले प्यालेस्टिनी भूमिमा सम्भावित भूमि आक्रमणको तयारी गरिरहेको बेला बाइडनको यो धारणा बाहिर आएको हो ।
सीबीएस न्यूजको ६० मिनेटमा पोष्ट गरिएको भिडियो क्लिपमार्फत बाइडनले भनेका छन् कि उनले मानवीय कोरिडोरलाई समर्थन गर्न जरुरी छ, जसले मानिसहरूलाई गाजाबाट बाहिर निस्कन अनुमति दिनेछ र साथै गाजामा खाना र पानीसहित मानवीय सहायता पुर्याउन अनुमति दिनेछ।
‘म विश्वस्त छु कि इजरायलले युद्धको नियम अन्तर्गत काम गर्नेछ,’ बाइडनेले भनेका छन ।
अमेरिकी राष्ट्रपति बाइडनले ‘६० मिनेट’ मा स्कट पेलीसँग कुराकानी गर्दै उनले भनेका छन् कि हमासले ‘सबै प्यालेस्टिनी जनता’ को प्रतिनिधित्व गरेकोमा विश्वास गर्दैनन् । र उनी सो समूहलाई पूर्ण रूपमा उन्मूलन भएको भने हेर्न चाहन्छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया