गाजा क्षेत्रमा मानवीय पहुँचका लागि राष्ट्रसंघका महासचिवको आव्हान
संयुक्त राष्ट्रसंघ -सयुंक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले आइतबार गाजा क्षेत्रमा द्रुत र निर्बाध मानवीय पहुँच दिन तथा हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई रिहा गर्न आह्वान गरेका छन् ।
“यस्तो असहज परिस्थितिमा हामी मध्यपूर्व गम्भीर अवस्थामा छौँ, संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतले यी दुई मानवीय अपिल गर्नु मेरो कर्तव्य हो”, उनले भने, “हमासले बन्धकहरूलाई तुरुन्तै रिहा गर्न र इजराइलले गाजा क्षेत्रका नागरिकहरुलाई मानवीय आपूर्ति तथा कामदारका लागि सहायता आवाश्यक रहेको महासचिव गुटर्रेसको जोड छ । यस्ता खालका मानवीय सहायताका लागि द्रुत र निर्बाध पहुँच प्रदान गर्नुपर्छ ।”
यी दुई उद्देश्य आफैँमा मान्य भएको भन्दै उनले यसलाई मोलमोलाइको माध्यम बनाउन नहुने बताए ।
संयुक्त राष्ट्रसंघसँग इजिप्ट, जोर्डन, पश्चिम किनार र इजराइलमा खाद्यान्न, पानी, गैर खाद्यवस्तु, चिकित्सा, इन्धनको भण्डार रहेको र ती सामानहरू केही क्षणमा पठाउन सकिने महासचिव गुटरेसले बताए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया