विश्व

अमेरिकी राष्ट्रपति बाइडनको कोलोराडो भ्रमण रद्द, इजरायल भ्रमणको सम्भावना बढ्यो

इकागज |
असोज ३०, २०८० मंगलबार ७:२६ बजे

फाइल तस्बिर

वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडनले सोमबार कोलोराडो भ्रमणको योजना अचानक रद्द गरेको ह्वाइट हाउसले जानकारी गराएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बाइडनलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायल भ्रमणको निम्तो दिएको बताए । 


कोलोराडोमा ‘विन्ड टर्बाइन म्यानुफ्याक्चरर प्लान्ट’को अवलोकन गर्न गएका ८० वर्षीय बाइडनले आर्थिक पुनरुत्थान र पर्यावरणसमर्थक सन्देशलाई आफ्नो २०२४ को पुनः निर्वाचन अभियानको केन्द्रमा राखेका छन् । 

ह्वाइट हाउसका अनुसार अन्तिम समयमा रद्द गरिएको भ्रमण पुनः निर्धारित हुनेछ । ह्वाइट हाउसले जारी गरेको एक संक्षिप्त वक्तव्यमा बाइडन राष्ट्रिय सुरक्षा बैठकमा भाग लिन वासिङ्टनमै रहने उल्लेख गरिएको छ ।

किर्बीले बाइडन इजरायल र हमासबीच के भइरहेको छ भन्नेमा केन्द्रित रहने बताएका छन् ।

एक्जिओस र सीएनएनलगायतका विभिन्न सञ्चारमाध्यमले अमेरिकी र इजरायली अधिकारीहरूले बाइडनको सम्भावित इजरायल भ्रमणबारे छलफल गरिरहेको जनाएका छन् ।

अक्टोबर ६ मा गाजाबाट हमासले गरेको आक्रमणको बदलामा सयौं इजरायली नागरिकको ज्यान जाने गरी भएको आक्रमणको बदलामा बाइडनले अमेरिकाको नजिकको सहयोगी इजरायललाई बलियो समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । 

बाइडनले फेब्रुअरीमा उच्च जोखिमयुक्त अर्को युद्धक्षेत्र युक्रेनको भ्रमण गरेका थिए । उनले अन्तिम पटक सन् २०२२ को जुलाईमा इजरायलको भ्रमण गरेका थिए । (एएफपी)


Author

थप समाचार
x