विश्व

अमेरिकाले इजरायलबाट थप १ हजार अमेरिकी नागरिकको गर्‍यो उद्धार

इकागज |
असोज ३०, २०८० मंगलबार ८:३७ बजे

फाइल तस्बिर

अमेरिका- करिब १ हजार अमेरिकी नागरिकहरू र उनीहरूका नजिकका परिवारका सदस्यहरू अमेरिकी सरकारले चार्टर्डमार्फत इजरायलबाट उद्दार गरेको छ ।

राज्य विभागका प्रवक्ताले सीएनएनलाई भनेका छन् कि अमेरिकी सरकारले गत शुक्रबारदेखि ‘अमेरिकी नागरिकहरू र उनीहरूका नजिकका परिवारका सदस्यहरूलाई हवाई र समुद्री मार्गबाट ४ हजार भन्दा बढीलाइ उद्दार गर्ने योजना बनाएको थियो ।जसका लागि ४ हजार सिट प्रस्ताव गरिएको थियो । 


तथापि, प्रवक्ताले भनेका छन् कि ‘हामीले प्रस्ताव गरेका प्रस्थान विकल्पहरूबाट सामान्यतया आधा भन्दा कम मानिसहरू फर्किएका छन् ।’  इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तिमा बिहीबारसम्म अमेरिकी सरकारले सुविधायुक्त उडानहरू रोलिङ आधारमा जारी रहने अपेक्षा गरिएको उनले भने ।

३ हजारभन्दा बढी थप अमेरिकी नागरिकहरूले सफलतापूर्वक इजरायल र वेस्ट बैंकबाट व्यावसायिक हवाइजहाज, भूमि सीमा वा अन्य माध्यमबाट त्यहाँवाट बाहिरिएका छन् ।

यसैबीच, गाजाका अमेरिकीहरू भनेका छन् कि रफाह क्रसिङबाट इजिप्टमा पुग्ने कुनै भाग्य नै थिएन, अमेरिकी अधिकारीहरूले यो नाका खोल्न सक्ने संकेत दिए पनि विश्वास गरेका थिएनन् । अमेरिकी दूतावास काइरोले २५३ अमेरिकी नागरिकहरूलाई ट्र्याक गरिरहेको छ, १५३ सम्बन्धित परिवारका सदस्यहरू भने रफाह क्रसिङ हुँदै गाजा छोड्न मद्दतको लागि अझै पनि अनुरोध गरिरहेका छन् । 

इजरायल, गाजा, र वेस्ट बैंकमा रहेका अमेरिकी नागरिकहरूले सहायताको खाँचोमा परेकाले ‘ट्राभल डट स्टेट गभ’ वेभसाइटमा इनटेक फारम पूरा गर्नुपर्छ ।  उनका अनुसार जानकारी उपलब्ध हुने बित्तिकै हामी अमेरिकी नागरिकहरूलाई प्रस्थान सहायता सहित अद्यावधिकहरू प्रदान गर्न जारी राख्नेछौं।’


Author

थप समाचार
x