एनआरएनए आइसीसी युवा संयोजकमा घिसिङको उम्मेदवारी
काठमाण्डौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि युवा संयोजक पदमा सुपेन्द्र घिसिङले उम्मेदवारी दिएका छन् ।
आसन्न निर्वाचनका लागि घिसिङले सोमबार युवा संयोजक पदमा उम्मेदवारी दिएका हुन् । काभ्रेपलाञ्चोकमा जन्मिएर विगत १६ वर्षदेखि जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आएका उनी एनआरएनएको अभियानमा निरन्तर सक्रिय रुपमा लागिरहेका युवा व्यवसायी तथा समाजसेवीको रुपमा चिनिन्छन् ।
एनआरएनए जापानमा २०१४ मा प्रवेश गरेका घिसिङ क्षेत्रीय कमिटी, एनसीसी र हाल आईसीसी सदस्यमा भारी मतले विजयी भएका थिए ।
काभ्रेली समाज जापान, तामाङ समाज जापान र जनजाति महासंघ जापानका विभिन्न पदको जिम्मेवारी वहन गर्दै अन्य विभिन्न संघसंस्थाको सल्लाहकारको भूमिकामा सामाजिक कार्य गर्दै आएका छन् ।
त्यस्तै एनआरएनएको विभिन्न टास्कफोर्समा बसेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेका छन् ।
नेपालमा २०७२ सालमा गएको महाभूकम्पमा आफूले आर्थिक सहयोग गर्नुको साथै आर्थिक संकलन अभियानमा समेत उनी सक्रिय भएका थिए ।
कोभिड–१९ को महामारीमा पनि उनले नेपालको लागि र जापानमा रहेका नेपालीहरुलाई आर्थिक सहयोग र खाद्य सामग्री वितरणका साथै सूचना सम्प्रेषणमा समेत सक्रिय भएका थिए ।
त्यसै बखत नेपालमा अक्सिजनको अभावमा भएको बेला अक्सिजन पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
नेपालमा दिनदुःखी, अपांगता भएकाहरुलाई सहयोग गर्नुको साथै प्राकृतिक प्रकोप आदिमा निरन्तर सहयोग गर्दै आइरहेका छन् । उनको जापानमा घिसिङ कम्पनी लिमिटेडमार्फत ताज ब्रान्ड होटल व्यवसाय छ भने जिङ लिमिटेडअन्तर्गत जापानमा मेनपावर र रियल स्टेट व्यवसाय समेत गर्दै आएका छन् ।
थ्रीजी बिलडर्स कम्पनीमार्फत कन्ट्रक्सन र होटेल व्यवसाय पनि उनी संलग्न छन् । घिसिङले एनआरएनए अभियानमा लागिरहँदा युवापुस्ताका मुद्दालाई स्थापित गर्ने, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्ने, विदेशमा रहेका श्रमिकको आवाज बुलन्द बनाउने प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
उनले विभिन्न देशमा छरिएर बसेका नेपाली युवाहहरुलाई स्वरोजगार बनाउने पहल, सामूहिक लगानी, सिप र पुँजीको सदुपयोग गर्दै एनआरएनएमा युवाहरुको आकर्षण बढाउने, सुरक्षित र मर्यादित वैदेशिक रोजगार बनाउन पहल गर्ने, एनआरएनए स्पोर्ट्स एकेडेमीलाई दीर्घकालीन योजनासहित स्थापित गराउने, उच्च शिक्षाको लागि विदेसिएका विद्यार्थीहरुलाई सही मार्गदर्शन दिने र दोस्रो पुस्तालाई एनआरएनएमा आबद्ध गराई नेपालसँग जोड़ने लगायतका प्रमुख उद्देश्य रहेको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया