विश्व

‘हामीले भग्नावशेषमुनि मानिसहरु चिच्याएको सुन्छौं, तर केही गर्न सक्दैनौं’

इकागज |
असोज ३०, २०८० मंगलबार १८:६ बजे

काठमाडौँ - गाजाका डाक्टर अहमद शाहीनले इजरायलले  बमबारी गरेपछि गाजाको अवस्था एकदमै खराब रहेको बताएका छन् । ​

बोस्नियाको स्वतन्त्र समाचार वेबसाइट इस्रागालाई गर्दै शाहिनले यस्तो बताएका हुन् । इजरायलले विमान, समुद्र र जमिनबाट गाजामा बमबारी गरिरहेको उनले बताए।  


उनले भने, 'अवस्था झन् बिग्रँदै गइरहेको छ। बम विस्फोट अझै जारी छ, यो रोकिएको छैन। तिनीहरू सबै पक्षबाट बमबारी गरिरहेका छन्  ।'

गाजामा बमबारीबाट भत्किएका घरभित्र मानिसहरु चिच्याइरहेका उनले बताए । 'भत्किएका भवनहरू मुनि मानिसहरु फसेका छन् तर मानिसहरूलाई बचाउन सकिँदैन। हामीले उनीहरुको चिच्याहट सुन्छौं, तर केही गर्न सक्दैनौं । अस्पतालहरू घाइते, मृतकले भरिएका छन्। शव राख्न फ्रिजमा ठाउँ छैन। डर वर्णन गर्न सकिँदैन,' उनले भने।

'पानी छैन, बिजुली छैन। सबैभन्दा नराम्रो कुरा यो छ कि त्यहाँ न पिउने पानी छ न हात धुने नै', उनले भने । 


Author

थप समाचार
x