विश्व

'गाजामा ११ हजारको उपचारकालागि सहयोग गर्न बाटो दिनुस्'

इकागज |
असोज ३०, २०८० मंगलबार २०:९ बजे

काठमाडौँ  : विश्व स्वास्थ्य सङ्गठनले दीर्घकालीन मानवीय सङ्कटको चेतावनी दिँदै गाजामा सहायता र चिकित्सा सामग्रीहरू पुर्‍याउन आवश्यक रहेको बताएको छ।

डब्ल्यूएचओका अधिकारीहरूले जनाएअनुसार मारिएका दुई हजार ८ सय प्यालेस्टिनीहरूमध्ये आधा महिला र बालबालिका थिए। हमासको घातक हमलापछि इजरायलको प्रतिकारात्मक बमबारी सुरु भएदेखि गाजामा थप ११ हजार घाइते भएका छन्।


संयुक्त राष्ट्रसंघले आज गाजामा जतिसक्दो चाँडो बाटो खोल्न सरोकारवालाहरुसँग बैठक गर्दैछ । 

अधिकारीकाअनुसार गाजाका ११५ स्वास्थ्य संस्था आक्रमणमा परेका छन् भने, अस्पतालहरूले बिजुली र पानी  सेवा दिन सकेका छैनन् । 

बीबीसी


Author

थप समाचार
x