विश्व

भारतले ७ देशमा १० लाख टन चामल निर्यात गर्दै

इकागज |
कात्तिक ३, २०८० शुक्रबार ६:४६ बजे

नयाँ दिल्ली– भारत सरकारले नेपाल, क्यामरुन, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टनभन्दा बढी गैर-बासमती सेतो चामल निर्यात गर्न अनुमति दिएको छ ।  

वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी)ले बुधबार जारी गरेको सूचना अनुसार राष्ट्रिय सहकारी निकासी लिमिटेड (एनसीईएल) मार्फत सो परिमाणको चामल निकासी गर्न अनुमति दिइएको हो ।


‘गैर-बासमती सेतो चामलको निर्यात नेपाल, क्यामरून, कोटे डी आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेसेल्सलाई  निर्यात गर्न अनुमति दिइएको छ,’ लिमिटेडद्वारा जारी सूचनामा भनिएको छ।

नेपालका लागि ९५ हजार टन, क्यामरुनका लागि १ लाख ९० हजार टन, कोट डी आइभोर र गिनीका लागि १ लाख ४२ हजार टन, मलेसियाका लागि १ लाख ७० हजार टन, फिलिपिन्सका लागि २ लाख ९५ हजार टन र सेलेसलाई ८ सय टन चामल पठाइएको हो । भारत सरकारले जुलाईमा घरेलु आपूर्ति बढाउन गैर-बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको थियो । (सिन्ह्वा) 


Author

थप समाचार
x