विश्व

गाजा द्वन्द्व सुरु भएदेखि २९ जना कर्मचारी मारिए : संयुक्त राष्ट्रसंघ प्यालेस्टिनी शरणार्थी एजेन्सी

इकागज |
कात्तिक ६, २०८० सोमबार १८:२५ बजे

तेल अवीव- प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकायले गाजामा आफ्ना २९ सहकर्मीहरू मारिएको बताएको छ । अक्टोबर ७ देखिकाे हिंसामा उनीहरू मारिएको बताइएको छ ।

'हामी स्तब्ध छौं , शोकमा छौं । २९ जना सहकर्मीहरू मारिएको पुष्टि भएको छ,' राष्ट्रसंघ एजेन्सीले जनाएको छ । यो एजेन्सीले प्यालेस्टिनी शरणार्थीहरूको राहत र मानव विकासलाई सहयोग गर्दछ ।


यसैबीच  विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले तत्काल युद्धविरामको लागि अपील गरेका छन् । यसैबीच, इजरायलको कल्याण मन्त्रालयले हमासको आक्रमणका कारण १३ परिवारका कम्तीमा २१ बालबालिका अभिभावकविहीन भएको बताएको छ । टाइम्स अफ इजरायलका अनुसार कसैले बाबु आमा गुमाएका छन्, कसैका बन्दी बनेका छन् भने, कसैका बेपत्ता छन् । रासस–एएनआई


Author

थप समाचार
x