तनावपूर्ण सुरक्षा अवस्थाका कारण कम्बोडियाद्वारा मालीबाट १०० जना शान्ति सैनिक फिर्ता
काम्पोङ चाम- संयुक्त राष्ट्रसंघको अनुरोधमा युद्धग्रस्त अफ्रिकी राष्ट्र मालीबाट कम्बोडियाले झण्डै १०० जना शान्ति सेना फिर्ता गरेको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बुधबार सो बारे जानकारी गराएका छन् ।
'केही दिन अघि मैले मालीबाट हाम्रो शान्ति सेना (नीलो हेलमेट) फिर्ता गर्न स्वीकृति दिएको थिएँ किनभने त्यहाँ बढ्दो विषम परिस्थितिका कारण संयुक्त राष्ट्रसंघले त्यहाँका केही क्षेत्रहरूबाट सेना हटाउन थालेको थियो । उनीहरू अब त्यहाँ बस्न सक्ने अवस्था रहेन किनभने संयुक्त राष्ट्रसंघका निलो हेलमेट सेनालाई पनि आक्रमणको तारो बनाउन थालियो,' प्रधानमन्त्रीले भने ।
सैन्य विद्रोहपछि मालीको सङ्क्रमणकालीन सरकारले १० वर्ष पुरानो संयुक्त राष्ट्रसंघ अपरेसन फिर्ता लिन अनुरोध गरेको थियो । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले यस वर्षको डिसेम्बर ३१ सम्ममा शान्ति मिसन फिर्ता लिने प्रस्ताव गरेको हो । रासस-सिन्ह्वा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया