अमेरिकामा फेरि गाेलीबारी : २२ जनाकाे मृत्यु, ५० भन्दा बढी घाइते
काठमाडौँ- अमेरिकाकाे ल्यूइस्टन, मेनकाे एक रेस्टुरेन्टमा बुधबार राति अन्धाधुन्ध गाेलीबारी (मास शूटिङ) हुँदा २२ जनाकाे मृत्यु भएकाे छ । उक्त घटनामा करिब ६० जना घाइते भएका छन् । उनीहरूमध्ये धेरै जनाकाे अवस्था गम्भीर रहेकाे छ ।
सीएनएनका अनुसार गाेलीबारी गर्ने बन्दुकधारी अझैसम्म नियन्त्रणमा नआएका कारण त्यहाँकाे स्थानीय प्रहरीले सर्वसाधारणहरूलाई सुरक्षित भएर लुक्न आग्रह गरेकाे छ ।
गोलीबारी ३ ठाउँमा राति करिब ८ बजे भएकाे स्थानीय प्रहरीले जनाएकाे छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार ती बन्दुकधारी अहिले फरार छन् । फरार रहेका ती सन्दिग्ध व्यक्तिको दुईवटा तस्बिर जारी गर्दै पहिचान गर्न र सूचना दिन प्रहरीले आग्रह गरेको छ । साथै ती बन्दुकधारीले सहरका विभिन्न भागमा घटना घटाएको पनि बताइएको छ । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया