अमेरिकी सैनिक कार्डले गोली प्रहार गरेको आशङ्का
काठमाडौँ- अमेरिकी सेनाको उत्तरी राज्य मेनको एउटा सानो सहरमा १८ जनाको गोली हानी हत्या गरेको आशङ्का ४० वर्षीय सैनिक रोबर्ट कार्डमाथि गरिएको छ ।
बुधबार राति लुइस्टनको एक बलिङ एल्ली र बारलाई लक्षित गरी गरिएको गोलीकाण्ड सन् २०१७ यताकै सबैभन्दा घातक गोली काण्ड हो । लस भेगासमा भीडभाड रहेको संगीत महोत्सवमा सन् २०१७ मा भएको आक्रमणमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा करिब ६० जनाको मृत्यु भएको थियो ।
‘प्रहरीले कार्डलाई हत्याको अभियोगमा पक्राउ गर्न वारेन्ट जारी गरेको छ,’ मेन स्टेट पुलिसका कर्णेल विलियम रोसले बिहीबार एक पत्रकार सम्मेलनमा भने । प्रहरीले कार्डलाई ‘सशस्त्र र खतरनाक’ आक्रमणकारीको संज्ञा दिँदै उनीसँग नजिक नजान चेतावनी दिएको छ ।
लेविस्टन पुलिस डिपार्टमेन्टले खैरो ज्याकेट र निलो कार्गो पाइन्टमा सजिएका र असॉल्ट राइफलले सुसज्जित एक दाह्री भएका व्यक्तिको तस्बिर खोजीको सूचीमा सार्वजनिक गरेको छ ।
सन् १९८३ मा जन्मिएका कार्ड प्रमाणित हतियार प्रशिक्षक र अमेरिकी सेनाको रिजर्भ बलका सदस्य हुन् ।
अमेरिकी सेनाले एएफपीलाई कार्डको सैन्य सेवाको बारेमा विस्तृत जानकारी प्रदान गर्दै उनी आर्मी रिजर्भमा प्रथम श्रेणीको सर्जेन्ट भएको र डिसेम्बर २००२ मा भर्ती भएका तर ‘कुनै लडाईको जिम्मेवारी नपाएका बताएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया