विश्व

गाजामा इजरायली हमलाबाट ७ हजार बढी प्यालेस्टिनीको मृत्यु

इकागज |
कात्तिक १०, २०८० शुक्रबार १८:३४ बजे

फाइल तस्बिर

गाजा- गाजा पट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

युद्ध सुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।


इजरायलले अक्टोबर ७ मा इजरायली सैन्य लक्ष्य र शहरहरूमा गाजा-सत्ताधारी हमास विद्रोहीहरूले गरेको आक्रमणको बदलास्वरूप गाजाविरुद्धको आक्रमणलाई तीव्रता दिएको छ ।  

उसले सीमित भूमिगत अपरेशनहरू पनि सुरु गरेको छ जसबाट इजरायलमा कम्तीमा एक हजार ४०० जनाको ज्यान गएको छ । रासस-सिन्ह्वा


Author

थप समाचार
x