विश्व

नर्वे र स्वीडेनले सीमापार अपराध राेक्न संयुक्त प्रहरी चौकी स्थापना गर्ने

इकागज |
कात्तिक ११, २०८० शनिबार ६:३६ बजे

ओस्लो- नर्वे र स्वीडेनले सीमापार अपराध नियन्त्तणका लागि सीमामा संयुक्त प्रहरी चौकी स्थापना गर्ने भएका छन् । नर्वे सरकारले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सो बारे जनाकारी गराएको हो ।    

स्वीडेनसँग नर्वेको दोस्रो सबैभन्दा ठूलो सीमा क्रसिंग म्याग्नोर्मोनमा अवस्थित यो परियोजना सन् २०२२ मा नर्वे सरकारले स्थापना गरेको अस्थायी सुरक्षा जाँच अन्तर्गत पर्दछ ।    


"हामीले सीमामा नियन्त्रण गर्नुपर्दछ र आपराधिक गतिविधिलाई निश्तेज पार्नु पर्छ," नर्वेका न्याय र सार्वजनिक सुरक्षा मन्त्री एमिली एन्गर मेहलले विज्ञप्तिमा भनेका छन् । यो संयुक्त सुरक्षा चौकीको स्थापना सँगै सीमा क्षेत्रमा हुने अवैध गतिविधि न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।    
संयुक्त प्रहरी स्टेशनलाई नर्वेजियन र स्वीडिश क्षेत्रहरूमा समान रूपमा विभाजित गरिनेछ ।  (रासस/सिन्ह्वा) :      


Author

थप समाचार
x