प्यालेस्टाइनी कुटनीतिज्ञले भेटन पाएनन् आफ्नो परिवारलाई
गाजा- प्यालेस्टिनका कुटनीतिक अधिकारी हुसम जोम्लोटले गाजामा आफ्नो परिवारलाई भेट्न नपाएको बताएका छन् ।
युनाइटेड किंगडममा प्यालेस्टिनी मिसनका प्रमुख हुसम जोम्लोटले गाजा क्षेत्रमा सञ्चार ब्ल्याकआउटका कारण आफूले गाजामा रहेका आफ्ना परिवारका सदस्यहरूसँग सम्पर्क गर्न नसकेको बताएका हुन् ।
जोमलोटले सामाजिक सञ्जाल पोष्टमा लेखेका छन्, ‘म घण्टौंदेखि गाजामा रहेको मेरो परिवारसम्म पुग्ने प्रयास गरिरहेको छु।’
उनले अगाडि लेखेका छन्, ‘सबै दूरसञ्चार र इन्टरनेट काटिएको छ, ती सबै इजरायली हमलाहरुले नष्ट भएका छन्, शाब्दिक रूपमा गाजालाई हवाई भूमि र समुद्रबाट नष्ट गरिँदैछ, अझै कति निर्दोष मानिसहरू, बच्चाहरू, आमाबाबु र हजुरबा हजुरआमाहरूको ज्यान जाने हो ? त्यो अझै एकिन गर्न सक्ने अवस्थामा छैन, नयाँ संसारमा फर्कनुअघि नै सम्भवतः सबै सकिनेछ ।’
जोम्लोट प्यालेस्टिनी अधिकारका लागि एक मुखर वकिल र द्वन्द्वमा प्यालेस्टिनी परिप्रेक्ष्यको लागि जानकार ब्यक्ति हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया