विश्व

गाजामा अर्को चरणको युद्ध सुरू गरिएको इजरायलको घोषणा

इकागज |
कात्तिक १२, २०८० आइतबार ८:३ बजे

तेल अबिबि - इजरायल र प्यालेस्टाइनी अतिवादी समूह हमासका बीचमा जारी युद्ध २३ औं दिनमा पुगेको छ । ​

यसबीचमा भएका आक्रामणमा परी अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाइसकेका छन् । 


गत अक्टुबर ८ मा हमासले अप्रत्याशित र अकल्पनीय रुपमा इजरायलमाथि आक्रमण गरे पछि सुरु भएको युद्धको जवाफमा इजरायलले जल, जमिन र आकास तिनै स्थानबाट आक्रमण गरिरहेको छ । 

संयुक्त राष्ट्र संघका बहुमत राष्ट्रले हमास–इजरायल युद्ध रोक्नका लागि आव्हान गरेका थिए भने इजरालयसहित १४ देशले राष्ट्रसंघको सो आव्हानलाई अस्विकार गरेका थिए । उनीहरूले युद्ध जारी राख्ने पक्षमा आफ्नो मत प्रकट गरेका थिए  । ​

हिजाे मात्रै युद्ध राेक्नका लागि राष्ट्र संघले गरेकाे आव्हानलाइ अस्विकार गर्दै गाजामा इजरायलको युद्ध  ‘अर्को चरण’ मा प्रवेश गरेको इजरायली सेनाका प्रवक्ताले बताएका छन् । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गरेको टिप्पणीलाई प्रतिध्वनित गर्दै सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली सेनाले आफ्नो कार्यहरू विस्तार गरिरहेको बताएका हुन । 

इजरायली सेनाका प्रवक्ताले सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा भनेका छन, ‘हामी गाजामा हमास विरुद्धको हाम्रो युद्धको अर्को चरणमा (जल, जमिन र आकास) बाट अघि सर्दैछौं।’


Author

थप समाचार
x