विश्व

भारतको केरलामा दुईवटा बम विष्फोट हुँदा एकको मृत्यु, कैयौँ व्यक्ति घाइते

इकागज |
कात्तिक १२, २०८० आइतबार १२:२५ बजे

काठमाडौँ- भारतको केरलामा दुईवटा बम विष्फोट हुँदा कम्तिमा एक जनाको मृत्यु भएको छ ।

कोच्चीस्थित कन्भेन्सन सेन्टरमा भएको विष्फोटमा कम्तिमा २५ जना घाइते भएको बीबीसी हिन्दीले जनाएको छ ।


येहोवा विटनेस कन्भेन्सन सेन्टरमा विगत तीन दिन देखि कार्यक्रम चलिरहेको थियो । आइतबार कार्यक्रमको अन्तिम दिन थियो । सोही क्रममा विष्फोट भएको हो ।


Author

थप समाचार
x