विश्व

बंगलादेशमा आलुको मूल्य वृद्धि रोक्न विदेशबाट आलु आयात गरिने

इकागज |
कात्तिक १५, २०८० बुधबार ६:३० बजे

ढाका- बंगलादेश सरकारले दक्षिण एसियाली मुलुकमा अत्यधिक खपत हुने आलुको मूल्य वृद्धिलाई नियन्त्रण गर्न आलु आयात गर्न अनुमति दिने निर्णय गरेको छ ।

वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आलुको अत्यधिक माग र स्वदेशी उपलब्धतालाई ध्यानमा राख्दै विदेशबाट आलु आयात गर्ने अनुमति दिइएको जनाएको छ । 'यो निर्णय आलुको स्थानीय बजारमा आलुको अत्यधिक माग र मूल्य वृद्धिलाई शान्त पार्ने सरकारको प्रयासको एक हिस्सा हो' विज्ञप्तिमा भनिएको छ । 


सरकारले स्थानीय आलूको मूल्य प्रतिकिलो ३५–३६ रुपैयाँ तोके पनि व्यवसायीले प्रतिकिलो ६०–७० रुपैयाँमा बेच्ने गरेका छन् ।

मन्त्रालयले बजारका लागि आलुको आपूर्ति बढाउनका लागि आलु आयात अनुमतिका लागि निवेदन दिन व्यवसायीलाई आग्रह गरिसकेको छ । (एएफपी)


Author

थप समाचार
x