विश्व

इजरायली सेनासँगको भिडन्तमा चार प्यालेस्टाइनीको मृत्यु

इकागज |
कात्तिक १५, २०८० बुधबार १०:५३ बजे

वेस्ट बैंकको जेनिन शहरमा भएको इजरायली सेनासँगको आक्रमणमा चार जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायली सेनाले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको हो । 


साथै अन्य ६ जना घाइते भएको बताइएको छ । झडपले शरणार्थी शिविरको पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।

क्याम्पमा प्यालेस्टाइनी लडाकु र इजरायली सेनाबीच झडप भएको थियो । मारिएकामध्ये एक जना इस्लामिक जिहाद अफसुट जेनिन बिग्रेडका संस्थापक २७ वार्षीय वाम इयाद हानौन रहेको बताइएको छ । सिन्ह्वा


Author

थप समाचार
x