विश्व

उत्तर कोरियाले विश्वभरका कैयौँ दूतावास बन्द गर्‍यो

इकागज |
कात्तिक १५, २०८० बुधबार १३:९ बजे

काठमाडौँ- उत्तर कोरियाले विश्वभरका कैयौँ दूतावास बन्द गर्ने निर्णय गरेको छ ।

रोयटर्सले जनाएअनुसार उत्तर कोरियाले कैयौँ अफ्रिकी मुलुकसँगै स्पेन र हङकङमा रहेका दूतावास बन्द गर्ने निर्णय गरेको हो ।


विभिन्न अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण विदेशमा आम्दानी हुन नसकेपछि उत्तर कोरियाले दूतावास बन्द गर्ने निर्णय गरेको उत्तर कोरियाको मिनिस्ट्री अफ युनिफिकेसनले जनाएको छ ।


Author

थप समाचार
x