पुटिन र लुकाशेन्कोबीच टेलिफोन वार्ता
फाइल तस्बिर
मस्को- रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारूसका आफ्ना समकक्षी अलेक्जेन्डर लुकासेन्कोबीच बुधबार भएको टेलिफोन वार्तामा सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ) को आसन्न बैठक र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।
क्रेमलिनले एक विज्ञप्ति जारी गरी भनेको छ, “नेताहरूबीच नोभेम्बर २३ मा मिन्स्कमा हुने सीएसटीओको सामूहिक सुरक्षा परिषद्को अर्को बैठकको तयारीबारे छलफल भएको छ । उहाँहरूले द्विपक्षीय सहयोगको विकास र ऊर्जा, यातायात र उच्च प्रविधिको क्षेत्रसहित केन्द्रीय राज्यको एकीकरणलाई अगाडि बढाउने बारेमा पनि छलफल गर्नुभएको छ ।”
क्रेमलिनका अनुसार उनीहरूले रूस–बेलारूसको रणनीतिक साझेदारी र सहयोगी सम्बन्धलाई अझ प्रगाढ बनाउन सहकार्य जारी राख्न आपसी तत्परता व्यक्त गरेका छन् । (एएफपी)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया