विश्व

गाजा शरणार्थी शिविरमा भएको आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दा

इकागज |
कात्तिक १६, २०८० बिहीबार ६:५७ बजे

संयुक्त राज्य अमेरिका- संयुक्त राष्ट्रसंघले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा हमासका एक कमाण्डरलाई लक्षित गरी गरिएको आक्रमणमा दर्जनौँ सर्वसाधारण व्यक्तिको मृत्यु भएको भन्दै बुधबार त्यसको भत्र्सना गरेको छ ।

संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्य जारी गर्दै भनेका छन्, “गाजाका जनतामाथि परेको यो पछिल्लो ज्यादती हो, जहाँ युद्ध अझ डरलाग्दो चरणमा प्रवेश गरेको छ ।” (एएफपी)



Author

थप समाचार
x