२४ घण्टामा जबलियामा इजरायलको दुई आक्रमण, १९५ जनाको मृत्यु, ७७७ जना बेपत्ता
गाजा- जबलियामा इजरायली बम विष्फोटमा परेर अहिलेसम्म झण्डै दुई सय जनाको मृत्यु भएको छ भने सयभन्दा बढी बेपत्ता भएका छन् ।
गाजाको सरकारी मिडिया कार्यालयले प्रकाशित गरेको पछिल्लो रिपोर्ट अनुसार २४ घण्टाभन्दा कम अवधिमा जबलिया शरणार्थी शिविरमा पहिलो र दोस्रो इजरायली बम विष्फोटका पीडितको संख्या १ हजार नाघेको छ।
अलजजिराका अनुसार सो आक्रामणमा परेर हालसम्म एक सय ९५ जना मारिएका पुष्टि भएकाोछ भने एक सय २० जना अझै बेपत्ता रहेका छन् । कम्तिमा पनि ७७७ जना घाइते भएका छन् ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले जबलियामा मंगलबार र बुधबार भएको इजरायली हमलाहरूलाई ‘भयानक’ भनेका छन् ।
इजरायलले भने हमासका एक कमाण्डरलाई निशाना बनाएर आक्रमण गरेको बताएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया