विश्व

गाजाका लागि सहायता सामाग्री बोकेका ट्रक इजिप्टमा अड्किए

इकागज |
कात्तिक १६, २०८० बिहीबार ९:५५ बजे

करिब तीन हप्तादेखि इन्धन, खाना, पानी र चिकित्सा आपूर्तिबाट वञ्चित भएका २३ लाख प्यालेस्टाइनीहरूको लागि सहायता सामग्री पठाइएका ट्रकहरू इजिप्टमा रोकिएका छन् ।

गाजा पट्टीमा प्रवेश गर्नको लागि राहत सहायता बोकेका सयौं ट्रकहरू इजिप्टको राफा क्रसिङमा अड्किएका हुन् । गाजा प्रवेश गर्ने सामग्री सहितका ट्रकहरूको संख्या बढेको भएपनि ट्रकहरू गाजा प्रवेशका लागि कुरिरहेको बताइएको छ ।


दैनिक आवश्यक पर्ने १०० ट्रक सामानको मात्रा अझै कम रहेको बताइएको छ । इजरायल—हमास द्वन्द्व शुरु भएको दुई हप्तापछि अक्टोबर २१ मा रफाह हुँदै मानवीय सहायता बोकेका करिव २५० ट्रक प्यालेस्टिनी क्षेत्रमा प्रवेश गरेका छन् ।

अल्जेरिया, कुवेत, इराक, टर्किए, र संयुक्त अरब इमिरेट्स, बहराइन, ट्युनिसिया, फ्रान्स, डेनमार्क, इटाली, बेल्जियम, भेनेजुएला लगायत संयुक्त राष्ट्र संघका एजेन्सीहरूलगायत धेरै देशहरूले राहत सामग्री बोकेका विमानहरू पठाइसकेका छन् ।

जारी इजरायल-हमास द्वन्द्वमा दुवै पक्षका आधिकारिक तथ्याङ्कअनुसार ८ हजार ५२५ प्यालेस्टाइनी र १, हजार ४ सय इजरायली मारिएका छन् । इजरायली रक्षा बलकाअनुसार हमासले गरेको आक्रमणमा जम्मा २३९ जनालाई बन्धक बनाएको थियो । (सिन्ह्वा)


Author

थप समाचार
x